घरजग्गा कारोबार घट्यो, माघमा ५ अर्ब राजस्व संकलन

काठमाडौं। गत माघ महिनामा देशभरका मालपोत कार्यालयले ५ अर्ब ९ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो। त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *