काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ। तर अन्य इक्विटी ७७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोष ४६ करोड ५९ लाख, रिटेन्ड अर्निङ ७० करोड २९ लाख र अन्य इक्विटी १४ करोड ४३ लाख ऋणात्मक थियो।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोष ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यो कोष ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा १७.७५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ८ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३१ प्रतिशतले वृद्धि हो। खुद बीमाशुल्क ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन ४.३० प्रतिशतले बढेको छ।
कम्पनीको शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ४.५२ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष ११.४१ रुपैयाँ थियो। कम्पनीको पीई रेसियो ८०.६९ गुणा र प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ रहेको छ।







