साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, सेबोनसँग मागे अनुमति

काठमाडौं।साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएका छन्।

दुवै कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका हुन्।

साहस ऊर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरले पनि १ः१ अनुपातमै १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ हजार २११ कित्ता हकप्रद निष्कासन अनुमति मागेका हुन्।

साहस ऊर्जाको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र एनआरएनको प्रभु क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *