काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा विनियोजन भएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मध्ये ६ खर्ब ९० अर्ब ७८ करोड मात्रै खर्च भएको छ। खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार विनियोजित रकममध्ये ६ महिनामा चालुतर्फ ४१.२५ र पुँजीगततर्फ १२.१२ र वित्तीयतर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ खर्च कम हुनुमा आयोजनाहरूको पुर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलतासहित भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति कारण रहेको मन्त्रालयले जनाएको छ ।
Artha Sanjal






