शेयर बजारमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा बन्द भएको छ।

आज ३२४ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोडको शेयर कारोबार भएको हो । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *