काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यले प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी तोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






