प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा १.३० अंक घटेर २६७१.०८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५९ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ५ हजार ८६७ रुपैयाँ ९० पैसाबराबरको २४ हजार ३१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *