वाणिज्य बैंकबाट एक हजार ५५६ शङ्कास्पद कारोबार

नेपाल वाणिज्य बैंकहरुबाट गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले यस्तो जनाएको हो । इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।

फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *