‘ओटिपी’ मग्ने फेक लिंकबाट सावधान रहन ग्राहकलाई इभरेष्ट बैंकको आग्रह

काठमाडौँ।  विनियमन भइसकेका बैंक तथा वित्तीय संस्थाको नाममा फोन र एसएमएस मार्फत KYC विवरण अद्यावधिक गर्न लिंक पठाइ डिजिटल ठगी गर्ने प्रयास बढेको भन्दै इभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ

बैंकले एक सूचना जारी गर्दै केहि व्यक्तिहरूले बैंकको नाम प्रयोग गरी फोन वा SMS मार्फत लिंक पठाएर ग्राहकलाई KYC अपडेट गर्न भनी OTP, व्यक्तिगत जानकारी माग्ने गरेको भन्दै यस्ता मिथ्या सूचनाबाट जोगिन सचेत गराएको छ। । बैंकले कुनै पनि लिंक क्लिक नगर्न र OTP दिने काम नगर्न स्पष्ट रूपमा निर्देशन दिएको छ।

 ‘बैंक तथा वित्तीय संस्थाले केही पनि आधिकारिक कार्यका लागि SMS/फोनबाट लिंक पठाएर KYC अपडेट गर्न कहिल्यै नबताउने र न त कुनै पनि बेला ग्राहकको OTP, पासवर्ड वा संवेदनशील विवरण फोनमार्फत् माग्ने गर्दछ।’ सूचनामा भनिएको छ।

बैंकले ग्राहकलाई लिंकमा क्लिक गर्नु अघि त्यो लिंक वास्तविक वेबसाइट (जस्तै: https://everestbankltd.com) बाट आएको हो कि होइन जाँच गर्नु महत्वपूर्ण भएको पनि जनाएको छ।

इभरेष्ट बैंकका ग्राहक सेवा केन्द्रले पनि २४/७ सहायता उपलब्ध गराइरहेको सूचनामा उल्लेख गरिएको छ। थप जानकारीका लागि ग्राहकले बैंकको नजिकको शाखा वा आधिकारिक कस्टमर केयरमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *