सानिमा बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बोर्डको अनुमति

काठमाडाैं । सानिमा बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले बैंकलाई प्रतिकित्ता १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।

बैंकले उक्त सेयर परिपत्र विधिबाट जारी गर्नेछ । यस अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर तोकिएको छ ।

अग्राधिकार सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *