साइबर ब्यूरोको भवन महानगरलाई दिन गृहले दियो सहमति

काठमाडौं । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ ।

ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कूल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेगरी गृह मन्त्रालयले सहमति प्रदान गरेको हो ।

त्यसको सट्टा महानगरपालिकाले रामशाहपथ स्थित ट्राफिक कार्यालयको पछाडि रहेको आफ्नो ७ रोपनी, २ पैसा ३ दाम क्षेत्रफलको जग्गा सरकारको नाममा दर्ता गर्न सहमति दिएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको दुईपक्षबीचको छलफलबीच सो सहमति अनुसार निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *