उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम पाइएको छ । कर्मचारीहरूले आपसी मिलेमतोमा स्टक कम देखाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आयोगको भनाइ छ ।

सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ भने अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *