भरतपुर मेयरका स्वतन्त्र उम्मेदवारले चेतावनीका बाबजुद मनाेनयन फिर्ता लिएनन्

कांग्रेसका शीर्ष नेताको आग्रह र चेतावनीका बाबजुद पनि भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो मनाेनयन फिर्ता लिएनन् ।

आज शुक्रवार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय भए पनि निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएका हुन् । दिनभर आफ्नो घर भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै संक्षिप्त कोण सभालाई सम्बोधन गरेर आफूले उम्मेदवारी फिर्ता नलिएको जताए ।

पाैडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन नै गएका थिए । पौडेल राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । त्यस्तै उनि वरिष्ठ अधिवक्ता पनि हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *