राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *