काठमाडाैं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गरेका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले भदौ २४ गते देशलाई अस्थिर बनाउने गतिविधिको नेतृत्व शाहले गरेको आरोप लगाए । उनले त्यस्ता व्यक्तिले प्रधानमन्त्री बनेर देशको मुहार फेर्छन् भन्ने कुनै ग्यारेन्टी नरहेको बताए ।
भट्टले शाहले काठमाडौं महानगरपालिकाको जिम्मेवारीसमेत पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । एउटा जिम्मेवारी पूरा नगरी अर्को पदतर्फ जाने, पत्रकारको नाममा मन्त्री र सांसद बन्न खोज्ने प्रवृत्ति संविधान निर्माण र देशका लागि त्याग गरेका नेतामाथि अनावश्यक अर्ति–उपदेश दिने काम जायज नभएको उनको भनाइ थियो ।







