गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले बढ्यो

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी, फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा उल्लेख्य रूपमा सुधार भएको हो ।

पुस मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।

गुराँस लघुवित्तको दोस्रो त्रैमासिक वित्तीय स्थिति

विवरण चालु आव (६ महिना) गत आव (६ महिना) परिवर्तन
खुद नाफा रु. २ करोड ६६ लाख रु. १ करोड ५४ लाख +७२.१५%
खुद ब्याज आम्दानी +५५.१८%
फि तथा कमिशन आम्दानी +६३.१०%
कुल सञ्चालन आम्दानी +३६.१५%
सञ्चालन मुनाफा +६७.७७%
प्रतिशेयर आम्दानी (EPS) रु. ४०.२२ रु. ३५.०९ +रु. ५.१३
वितरणयोग्य मुनाफा रु. १ करोड ९५ लाख
वितरणयोग्य EPS रु. २९.४८
प्रतिशेयर नेटवर्थ रु. १५९.३३
मूल्य–आम्दानी अनुपात (P/E) ४७.९८ गुणा

१३ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *