घट्यो सेयर बजार, ८ अर्ब ९२ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से ९.४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *