शेयर बजारमा ४२.२६ अंकको वृद्धि, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । आज शेयर बजारमा भारी वृद्धि भएको छ । नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ ।

आज ३३९ कम्पनीको शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ३७ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ८.१३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *