काठमाडौं। भुजुङ हाइड्रोपावरले माघ १२ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन अनुमति बोर्डबाट पाएको छ। यसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र १ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकको छ।
बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई, ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८ लाख ३० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणलाई निष्कासन गर्नेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा माघ १५ र ढिलोमा माघ २६ सम्म हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।






