एनआरएन इन्फ्रास्टक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्ने

काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले अपर म्याग्दी जलविद्युत कम्पनीमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

पुस ३० गते भएको सम्झौताअनुसार एनआरएन इन्फ्रास्टक्चरले प्रतिकित्ता १०० रुपैयाँका दरले अपर म्याग्दी जलविद्युतको कुल पुँजीमा ४.३५ प्रतिशत स्वामित्व हासिल गर्नेछ।

लगानी रकम तीन चरणमा गरिने सम्झौतामा उल्लेख छ। अपर म्याग्दी जलविद्युत लिमिटेडले म्याग्दी जिल्लाको मालिका गाउँपालिकामा ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यो लगानी सम्झौताले आयोजनाको निर्माण कार्यमा थप गति दिने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *