लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका विभिन्न प्रस्तावहरू सर्वसम्मतिले स्वीकृत गरेको छ।

साधारण सभामा सहभागी शेयरधनीहरूले बैंकको प्रगति र भावी योजनाका बारेमा राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । निरन्तर सहयात्राू भन्ने मूल नाराका साथ बैंकिङ सेवा दिइरहेको यस बैंकले सातै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।

हाल बैंकले देशका विभिन्न स्थानमा रहेका ८९ वटा शाखा कार्यालयहरू र एउटा विस्तारित शाखा एक्सटेन्सन काउण्टर मार्फत उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ।

आगामी दिनमा ग्राहकको आवश्यकता अनुसार सेवालाई अझ परिष्कृत र प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *