नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब ३३ करोड

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न गरेको छ।

बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न उक्त सभाले गत आर्थिक वर्षको वाआर्थिक वर्ष २०८१र८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोडले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह क्षेत्रमा २० अर्ब ८४ करोड विस्तार भई खुद कर्जा तथा सापट रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ।

यसैगरी बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोडले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको जानकारी दिएको छ।

संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिँदै बैंकले हाल चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको जनाएको छ।

हाल बैंकले देशभर रहेका २७१ शाखा, २५९ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर र ६० शाखारहित बैंकिङमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *