HONOR X9d स्मार्टफोन खरिदमा Deepal S05 जित्ने अवसर

काठमाडौँ। HONOR को नेपालस्थित आधिकारिक वितरक HONOR Nepal ले “Deepal S05 Lucky Draw” अभियानको विजेता आगामी बिहीबार (मे १४, २०२६) घोषणा गर्ने बताएको छ। विजेता घोषणा कम्पनीको आधिकारिक Facebook पेज “HONORNP” मार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) गरेर सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत HONOR X9d स्मार्टफोन खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरिएको हो। योजनामा सहभागीमध्ये एक जना भाग्यशाली विजेताले अत्याधुनिक इलेक्ट्रिक गाडी Deepal S05 जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यो योजना जनवरी २९, २०२६ देखि अप्रिल २८, २०२६ सम्म HONOR X9d खरिद गरेका ग्राहकका लागि लागू गरिएको कम्पनीको दावी छ। सहभागी हुनका लागि ग्राहकले HONOR Nepal को आधिकारिक Facebook पेजमा गई आफ्नो मोबाइलको IMEI नम्बर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो।

कम्पनीका अनुसार विजेता छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिने र दर्शक र सहभागीलाई विजेता घोषणा हेर्ने अवसर प्रदान गरिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *