रवि लामिछानेकाे मुद्दा फिर्ता प्रयासमा फाइल जफत माग गर्दै उजुरी

काठमाडौं। महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपाका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने उद्देश्यले फाइल अगाडि बढाएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।

अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गरेका हुन् । उनले उजुरीमा रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने तयारी भइरहेको दाबी गरेका छन् ।

उजुरीमा उक्त प्रक्रिया आर्थिक प्रलोभन र प्रभावका आधारमा अघि बढाइएको आफूले जानकारी पाएको उल्लेख गरेका छन् ।

महान्यायाधिवक्ता भण्डारी र रवि लामिछाने पक्षबिच गोप्य भेटघाट भएको भन्दै उजुरीकर्ताले मुद्दा फिर्ता प्रक्रियाका लागि निवेदन दिन लगाएर फाइल अगाडि बढाइएको उल्लेख छ।

उजुरीकर्ताले फाइल जफत गरी छानबिन गर्न र आवश्यक कारबाही गर्न माग गरेका छन्। सफलले यदि अनुसन्धान अघि नबढे सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *