नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी

काठमाडौं । नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन भएका छन् । बुधवार बसेको बैंकको ६९९ औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेसँगै उनले अध्यक्षको कार्यभार सम्हाल्ने नबिल बैंकले जनाएको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेसँगै अध्यक्ष पद चौधरी चयन भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *