भारतको खुद्रा मुद्रास्फीति डिसेम्बरमा १.३३ प्रतिशत पुग्यो

नयाँ दिल्ली । भारतमा खुद्रा मुद्रास्फीति गत डिसेम्बरमा बढेर १.३३ प्रतिशत पुगेको छ ।

तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बरमा खुद्रा मुद्रास्फीति ०.७१ प्रतिशतमा सीमित थियो ।

मन्त्रालयका अनुसार डिसेम्बर २०२५ मा खाद्य मुद्रास्फीति भने लगातार सातौँ महिनासम्म ऋणात्मक रहँदै २.७१ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत हेरचाहका सामग्री, तरकारी, मासु तथा माछा, अण्डा, मसला र दालको मूल्यमा भएको वृद्धिले समग्र मुद्रास्फीति दरमा दबाब बढाएको मन्त्रालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *