विशेष महाधिवेशन : मंगलबार मतदान नहुने

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान नहुने भएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने भएको हो । उनका अनुसार आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।

उनले अब समय नथपिने बताउँदै परिमार्जित कार्यतालिका सार्वजनिक गरिने बताए । बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समिति संयोजक केसीले बताए । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *