सिवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड

सिवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले नक्सालस्थित क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आइपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जसमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । जसमध्ये ८ जनाले थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत शेयर अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *