नेपालको आर्थिक वृद्धिदर ५.४९% हुने प्रक्षेपण

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४९% हुने प्रक्षेपण गरेको छ। चालू आवको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा विभागले यस्तो प्रक्षेपण गरेको हो।

उक्त तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९% हुने प्रारम्भिक अनुमान छ’, विभागले भनेको छ। यस्तो वृद्धिदर आव २०७७/०७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आव २०७६/०७७ मा २.४२ प्रतिशतले ऋणात्मक रहेको अन्तिम अनुमान रहेको विभागको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *