प्रचण्डलाई झापाबाट निर्वाचन लड्न पूर्व जनमुक्ति सेनाका कमान्डरको आग्रह

काठमाडौँ । पूर्व जनमुक्ति सेनाकी कमान्डर लक्ष्मी न्यौपाने ‘सरु’ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट निर्वाचन लड्न आग्रह गरेकी छन्।

पूँजीवाद विकसित क्षेत्रबाटै समाजवादी क्रान्तिको आधार तयार पार्नुपर्ने उल्लेख गर्दै उनले भोट संख्या धेरै र आर्थिक गतिविधि सशक्त रहेको झापा राजनीतिक रूपमा उपयुक्त भएको बताइन्। चुनौतीपूर्ण क्षेत्र छाडेर रुकुम पूर्व रोज्दा मूल नेतृत्व जनसंघर्षबाट टाढा पर्ने जोखिम रहने उनको भनाइ छ।

पार्टी दस्तावेजमा समाजवादको आधार पूर्वी नेपाल भनिए पनि व्यवहारमा नदेखिएको टिप्पणी गर्दै सरुले जितका लागि मात्र स्थान परिवर्तन गर्नु भन्दा व्यवहारिक, वस्तुगत र जनउत्तरदायी निर्णय आवश्यक रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *