रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) बीच सम्पन्न भएको एकता सहमति आधिकारिक भाँडिएको छ।

यसअघि केहि अपेक्षाकृत आशावादी संकेत देखिएको भए पनि दुई पक्षबीचको अन्तिम समझदारीले काम नगरेको रास्वपाका एक नेताले जानकारी दिए।

दुवै दलबीचको एकता सहमति विफल भएको मुख्य कारण पार्टी नेतृत्व, संगठनात्मक ढाँचा र शक्ति–साझेदारी रहेको छ। यो सँगै रास्वपाले यहि व्यवस्थानै स्वीकार गर्ने बताएपछि पार्टी एकता धरापमा परेको बताइएको छ।

विशेषतः उज्यालो नेपाल पक्षले संघीयताका बिषयमा पुनर्बिचार गर्नुपर्ने र रास्वपामा वरिष्ठ उपसभापति पद सहित पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव अघि राखेपछि सहमति टुटेको रास्वपा स्रोतको दावी छ।

उज्यालो नेपालका नेता तथा संरक्षक कुलमान घिसिङले पनि मन्त्री पदबाट राजीनामा दिँदै सहमतिपछि यही मुद्दालाई लिएर एकता कार्यान्वयनमा नआएको स्पष्ट पारिसकेका छन्। उनले कार्यक्रममा आफू हालसम्म कुनै पनि पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको र सहमति कार्यान्वयन पक्षको ढिलाइले झनै असमर्थता उत्पन्न गरेको बताए।

राजनीतिक टिप्पणीकारहरूका अनुसार, समानुपातिक उम्मेदवार सूची बुझाउने अन्तिम सीमाअघि शक्ति–साझेदारीमा विवाद बढेपछि एकता सम्झौता प्रभावशाली रूपमा अघि बढ्न सकेन। रास्वपाले पहिले नै बालेन्द्र शाहसँगको राजनीतिक सहकार्यलाई अन्तिम रूप दिइसकेको अवस्थामा कुलमान पक्षसँगको सहमति स्थिरता पाउन नसक्नुले विपक्षी दलहरूलाई फाइदा पुग्ने सम्भावना समेत निरन्तर बढेको रास्वपा नेताहरु बताउँछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *