मन्त्री घिसिङले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा पत्र

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा पत्र बुझाएका छन्।

भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामाको बिषय सार्वजनिक गर्ने छन् ।

चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय हुँदा सरकारमाथि उठेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।

घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए। राष्ट्रिय स्वतन्त्र पार्टीसँगकोएकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *