काठमाडौं। २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली नागरिक रोजगारी तथा अध्ययनका लागि बिदेसिएको तथ्यांक सार्वजनिक भएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सोही अवधिमा देशबाट १३ लाख १३ हजार १९१ नेपाली स्वदेश फर्किएका छन्।
विभागको विवरणमा उल्लेख भएअनुसार सोही अवधिमा १० लाख १५ हजार ३७८ विदेशी नेपाल प्रवेश गरेका छन् भने ९ लाख ८२ हजार ५६१ विदेशी नेपालबाट बाहिरिएका छन्।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकमध्ये अधिकांश घुमफिरका लागि आएको विभागको विवरणमा उल्लेख छ। हाल नेपालले विदेशी नागरिकलाई पर्यटक, श्रम, अध्ययनलगायतका गरी करिब १० प्रकारका भिसा दिँदै आएको छ।
Artha Sanjal






