आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नारासहित विगत १३ वर्षदेखि युवाहरूले यो दिवस मनाउँदै आएका छन्। नेपाली पहिचानको प्रतीक रहेका दौरा-सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो।

दिवसको अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली सांस्कृतिक पहिचानलाई प्रोत्साहित गरिरहेका छन्। जनवरी १ तारिखमा मनाइने यो परम्पराले राष्ट्रिय पोसाकको पुनर्जागरणमा सहयोग गरेको बताइन्छ।

यसअघि राष्ट्रिय पोसाकको औपचारिक रूपमा प्रचलन हटाइएपछि, युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान अघि बढाएका हुन्। आजको अवसरमा राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *