काठमाडौँ । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । यसअघि जेनजीको नाममा उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याएको आरोपमा असोज २९ मा उनी पक्राउ परेका थिए ।
बुधबार उनलाई ठमेल स्थित कालधाराबाट ठगी र बैंकिङ कसुर सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघिको मुद्दामा उनी धरौटी बुझाएर रिहा भएका थिए । अहिले शाही विरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला सुन लगेर फिर्ता नगरेको आरोप छ ।
Artha Sanjal






