समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ।

निर्वाचन कार्यक्रम अनुसार आइतबारदेखि दलहरूलाई बन्द सूची पेश गर्ने समय दिइएको थियो।

निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने मिति तोकेकाले आज कार्यालय समयभित्र सबै राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाइसक्नुपर्नेछ। केही दलहरूले भने आइतबार नै आफ्नो बन्द सूची पेश गरिसकेका छन्।

हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख दलहरू बन्द सूची अन्तिम रूप दिन आन्तरिक छलफल तथा गृहकार्यमा जुटिरहेका छन्।

निर्वाचन आयोगले सम्बन्धित ऐन र कानुनले तोकेको विधि तथा प्रक्रिया पालना गर्दै समावेशी क्लस्टर मिलाएर बन्द सूची पेश गर्न दलहरूलाई आग्रह गरेको छ।

आयोगमा बन्द सूची पेश भएपछि दलहरूले नागरिकको जानकारीका लागि उक्त सूची सार्वजनिक गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *