नेपालगञ्ज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनमा देशभरका ८०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो।
महाधिवेशनको मूल कार्यक्रमको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच गर्नुभयो। कार्यक्रममा बैंकका कर्मचारीहरूको हकहित, पेशागत अधिकार र संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।
महाधिवेशनले सर्वसहमत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। संघको अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली चयन भएका छन्। यसैगरी ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।
महाधिवेशनले लिएको नीति र चयन गरिएको नेतृत्वले आम कर्मचारीहरूको मनोबल उच्च बनाउँदै कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलतापूर्वक समस्या समाधान गर्ने र राष्ट्रिय वाणिज्य बैंकको समग्र उन्नति तथा श्रीवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
आम कर्मचारीहरूले संघप्रति देखाएको विश्वास र भरोसालाई महाधिवेशनले केवल नेतृत्व परिवर्तनको रूपमा मात्र नभई संस्थाको हित र प्रगतिका लागि संघले बोकेको संकल्पको विजयका रूपमा लिएको जनाएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा कर्मचारीहरूले नेपालगञ्ज नगरमा प्लेकार्ड र ब्यानरसहित प्रभातफेरी आयोजना गरी महाधिवेशनको सन्देश प्रवाह गरेका थिए।







