काठमाडौं । गत ४ चैतमा टोखाबाट बरामद २५ करोडभन्दा बढी रकमका मालिक नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
पौडेल र उनका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेका हुन् ।







