मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रामगढवा शाखाले आफ्ना केन्द्र प्रमुखहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार संस्थाले शाखा प्रबन्धक अजित कुमार मण्डलको सभापतित्वमा वीरगंज पर्सामा वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ग्राहकहरुलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की, केन्द्रीय कार्यालयका कर्जा तथा जोखिम विभागका प्रमुख शेर बहादुर गुरुङ, जीतपुर अनुगमन कार्यालय बाराका प्रमुख रामकिशोर प्रसाद कुश्वाहालगायतको उपस्थितिमा सम्पन्न उक्त गोष्ठीमा १ सय ७५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको शाखा कार्यालयले जनाएको छ ।

पर्सा जिल्लामा संस्थाले ३ वटा शाखाहरु रामगढवा, सेढवा र पकहामैनपुर कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १५० शाखा कार्यालय मार्फत झण्डै १ लाख ९० हजार घरपरिवारहरुलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *