लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारणसभा

काठमाडाैं। महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २४औँ वार्षिक साधारण सभा बोलाएको छ।

बैंकले पुस २१ गते (सोमबार) बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सभा आयोजना गर्ने जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको कर्पोरेट भवन बनाउनका लागि आवश्यक जग्गा वा भवन खरिद गर्ने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *