सामाजिक सुरक्षा कोषमा उद्योगी र श्रमिकको आवद्धता बढाउन सिएनआईसँग समझदारी

काठमाडाैं । सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघ (सिएनआई)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उद्योग व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउन र कोषमा आवद्धता विस्तारका लागि समझदारी भएको कोषले जनाएको छ।

कोषमा रोजगारदाता र श्रमिकहरूको आवद्धता बढाउन समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *