काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएका हुन् ।
चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको निर्णय सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ ।
अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।









