घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तीन हजार ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *