हिमालयन लघुवित्तको नाफा ७३.८७ प्रतिशत बढ्यो, निष्क्रिय कर्जा घट्यो

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी पनि ४.४६ प्रतिशत बढेर १५ करोड ९८ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको नाफा १५ करोड ३० लाख थियो ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ। त्यसैगरी, लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपैयाँबाट घटेर १७ लाखमा सीमित भएको छ।

लघुवित्तको सञ्चालन मुनाफा ७३.७२ प्रतिशत बढेर एक करोड ६२ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ९३ लाख रुपैयाँमा सीमित थियो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५२.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.४६ गुणा रहेको छ।

पहिलो ९ महिनासम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २ रुपैयाँ ५९ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *