काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ ।
आज ३३२ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले कमाउका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका हुन् ।







