काठमाडौँ। बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पछिल्लो समय बढाएको हस्तक्षेपसँगै नियामक निकायको क्षेत्राधिकारभित्र छिरेर गर्न थालेको कारबाहीले बैंकिङ क्षेत्रभित्र व्यापक त्रासको वातावरण सिर्जना भएको छ। एकपछि अर्को गर्दै बैंकका सीईओ तथा उच्च व्यवस्थापनका कर्मचारी पक्राउ गर्न थालेपछि समग्र वित्तीय क्षेत्रकै स्थिरतामाथि प्रश्न उब्जेको छ भने कर्मचारहरुको मनोबलमा प्रत्यक्ष असर परेको छ।
गत मा नियामकको कामकारबाहीमा प्रश्न उठाउँदै सिआईबीले प्रभु बैँक लिमिटेडका कर्मचारीहरु पक्राउ गरेपछि एकातर्फ वित्तीय क्षेत्रमा त्रास उत्पन्न त भएको छ भने अर्कोतर्फ अन्य बैँक वित्तका कर्मचारीसमेत पक्राउ पर्दैछ्न् भन्ने हल्लाले अर्को त्रास फैलाएको छ।
सिईओ लगायतका कर्मचारी पक्राउ गरेसँगै वित्तीय बजारमा एकाएक अर्को हल्ला फैलाईयो- बैँककी सिबीओ रश्मी पन्त फरार। खोज्दै जाँदा उक्त हल्लाको पछाडिको वास्तविकता अर्कै थियो। मौकाको फाईदा उठाएर बैंककै केहि असन्तुष्ट कर्मचारीले उक्त हल्ला नियोजित रुपमा केहि सन्चारमाध्यम मार्फत् फैलाएको भेटियो।
तर, पन्तका सम्बन्धमा एकाएक फैलाइएको हल्लाका पछि कुनै सत्यता थिएन। सिईओ लगायतका कर्मचारी पक्राउ पर्नुभन्दा एकहप्ता अगाडिनै पन्तले बैँक प्रशासनसँग बिदा लिएकी थिइन्। सिईओ लगायतका कर्मचारी पक्राउ पर्नु र पन्त बिदामा बस्नुमा कुनै तालमेल नभएको बैँक प्रशासनले नै जनाएको छ।
बैँक स्रोतका अनुसार जुन कर्जा पचलन भएको भन्दै सिआइबीले अनुसन्धान गरिरहेको उक्त विभागको पदिय जिम्मेवारी समेत पन्तसँग छैन।
पन्त केहि दिनदेखि घरायसी बिदा लिएर गृह जिल्ला कंचनपुरमा छिन्। बिदा सकिएसँगै नियमित रुपमा कार्यलयमा हाजिर हुने उनले जानकारी दिएकी छन्। बिदा नसकी बिचैमा कार्यलय फर्किने सोच बनाएको भए पनि बैँकको नियमीत कार्यसम्पादनमा समस्या नदेखिएकाले बिदा सकेरै अर्थात् २ दिनपछि नियमित काममा फर्किने बताएकी छन्।
बैँकका सिईओ लगायतका कर्मचारी पक्राउ गरिएको बिषयमा पन्तको कुनै संलग्नता नभएको सिआईबी स्रोतले जनाएको छ। सिआईबीका एक अघिकारी भन्छन्, -” हामीलाई प्राप्त उजुरी तथा त्यसमाथी अनुसन्धान गर्ने क्रममा केहि कर्मचारीलाई नियन्त्रणमा लिएका हौँ। तर, बैँकका अन्य कर्मचारीलाई तत्काल पक्राउ गर्ने हाम्रो पूर्व योजना छैन। अनुसन्धान हुँदै जाँदा संलग्नता भेटिनु फरक पाटो हो।”
पछिल्लो केहि दिनयता सिईओका बिषयलाई लिएर उनीबिरुद्ध समेत व्यक्तिगत जिवनमै आँच आउने गरी अनावश्यक भद्दा टिप्पणी गरिँदै आएको छ।







