काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएकोले पुसमा सम्भव नहुने बताएका छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए। उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ कि हुन्न भन्नेमा टुंगो नलागेको बताउँदै भने, ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।’ जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने कोईरालाको माग छ।
महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाई हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक लड्छौँ।’
Artha Sanjal






