काठमाडौं । नेपाली नागरिकले विदेशमा कुनै किसिमको लगानी गर्न पाउँदैनन् । तर, विदेशमै रहेका नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयको लगानीबाट आर्जित विदेशी मुद्राबाट विदेशमा बैंक खाता खोल्न तथा लगानी गर्न सक्छन् । नियमअनुसार यस्तो लगानी पनि नेपाल फर्केको ३५ दिनभित्र नेपाल भित्र्याउनुपर्ने व्यवस्था छ ।
त्यस्तै, यस्तो खाता वा लगानी विदेशमा कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई नेपाल फर्केको ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई सोको जानकारी दिनुपर्छ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली नागरिकले अवैध रुपमा विदेशमा लगानी गरेको भेटिएपछि पटक-पटक सूचना जारी गर्दै विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको जानकारी गराउँदै आएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै वित्तीय चेतनाका लागि नेपाली नागरिकले विदेशमा लगानी गर्ने बारेमा थप प्रष्ट परिरहेको पनि छ ।जसको जानकारी राष्ट्र बैंकले आफ्नो वेबसाइट www.nrb.org.np मै अपडेट समेत गरेको छ।
राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ- ”विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ग ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको हुँदा नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पूँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार-प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु नगराउनु हुन एवम् त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ।”
यधपि, सत्ता र शक्तिका आडमा नेपालका ठूला उद्योगी व्यापारीहरुले भने प्रचलित ऐन नियम तथा व्यवस्था विपरित राष्ट्र बैंकका उच्च व्यस्थापनका कर्मचारीलाई नै प्रभावमा पारी नेपालबाट रकम विदेश पठाई लगानी गर्दै आएका छन्। उक्त लगानीको प्रतिफल समेत वैध च्यानलबाट नेपाल नल्याई हुण्डीमार्फत् कारोबार हुँदा राज्यलाई अर्बौं रुपैयाँ घाटा भइरहेको छ।
यसरी हुण्डीमार्फत् कारोबार गर्नेहरुमा नेपालका नम्बर वान भनिएका रेमिट्यान्स कम्पनी संचालकहरु नै छन्।
releted
बेलायतमा चन्द्र ढकालका अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् कालो धन ओसारपसार (विवरणसहित)







