आईपीओ निष्काशन गर्दै सप्तकोशी सिमेन्ट, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले रु १०० दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । यस सम्बन्धमा २०८२ मंसिर १० गते काठमाडौं, त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ केपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे।

सप्तकोशी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ। कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ। नेपाल सिमेन्ट बजारमा अग्रणी भुमिका निर्वाह गर्दै आएको यस कम्पनीले सन् २०१९ देखि निरन्तर संचालन नाफा कायम राख्न सफल भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *