बंगलादेशमा दैनिक ६० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

काठमाडौं । आउँदो जेठदेखि नेपालले बंगलादेशमा दैनिक ६० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । हाल बंगलादेशले नेपालबाट भारतीय ग्रिडमार्फत ४० मेगावाट विद्युत् आयात गर्दै आएको छ । यसमा २० मेगावाट थप गरी आवश्यक प्रक्रिया पूरा भएपछि नियमित रूपमा ६० मेगावाट पहुँच दिने सहमति भएको छ ।

बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *